Thursday, September 20, 2012

के भाको यो

आजकाल के भाको यो दिन दिनै मार्छन
निहु पाउन हुन्न यहाँ घिउ खारेझैं खार्छन

नयाँ नेपाल बन्यौ भन्या आज उस्तै छनि
बन्द गर्दै सास्ती दिन्छन  बढी सेंखि झार्छन



ठूला ठूला बढ्छन माथि साना जति तलै
माथिकाले चिन्नेलाइ सिधै पारी तार्छन

हामि जाग्यौं उन्नाइस दिनै केको घर भनिकन
संबिधान सभा चुनाब भन्दै घर घर चार्छन

पाइ कुर्ची मख्ख भए निदाउन थाले त्यही
जगाउन जादाखेरी भोली भोली भन्दै टार्छन

मिहनेतले बन्द भाका फटाहा ती गुण्डालाइ
राता रात हाम्रा भन्दै जेलबाछ सार्छन

0 comments:

Post a Comment