Thursday, September 20, 2012

कति राम्रो हाम्रो देश

कति राम्रो हाम्रो देश झनै घुम्न रमाइलो
उच्च कार्य गरी सगरमाथा नुम्न रमाइलो

भाषा जाति अनि धर्म यहाँ रैछन धेरै धेरै
झ्याउरे भाका सालैजोमा झुम्न रमाइलो

बिभूति छन यहाँ धेरै ज्यान दिने सहिद पनि
पुराना ती कुसस्कार लाई टुम्न रमाइलो

हाम्रो सान सगरमाथा लुम्बिनी झैं धेरै छन
जङ्गलका चन्दन कस्तुरीमा गुम्न रमाइलो

बर्र्णन मैले कति गरु शब्द भण्डार कमै छन
आफ्नै देशको संस्कृतिमा रम्न रमाइलो

0 comments:

Post a Comment