Saturday, September 29, 2012

अविबेक


      सार हीन छ यो संसार तर बिभिन्न रुचि भएका मानबहरु आ आफ्नो बुद्धि र बिवेक अनुसार संसारलाई सार युक्त सम्झन्छन बास्तबमा यँहा के छर जमिन , रुपैया पुत्र स्त्री परिवार सबै नाशवान छन आज छ त मोली छैन यी सधै चुर्फुराउने मान्छेको जीबन पनित उस्तै क्षणिक छ फुलेको फूल जस्तै पानिको थोपा जस्तै चम्केको बिजुली जस्तै अझै सरल भाषामा तोरीको फूल जस्तै यस्तो जान्दा जान्दै पनि मान्छेले घमण्ड गर्न छाड्दैन
किनकि यौवन अबस्थाको मादकपनाले गर्दा उ आफूलाइनै बिर्सन्छ मान मर्यादाको ख्यालै छैन धर्ममा बिश्वास छैन इज्जतको प्रबाह छैन उपकारको मतलब छैन मनमा शान्ती छैन क्षमा केहो थाहै छैन आफूमात्र अधि बढ्न चाहन्छ दुबलहरु मरेर जाउन मतलब छैन यो किन नस्वरतालाइ नसम्झनाले बृद्धाबस्थाले जकटिएका लौरो माात्र सहारा भएका बाबु आमाको दु ख नदेख्ने ती मानबहरु के बुढा लहोओइनन त भन्न सकिन्न भबिष्यले कता लैजान्छ धर्ममा बिश्वास नगर्नेले आमा बुबाको ख्याल कसरी गर्ला आमा बाट के पायौ बुबाले के दिनुभो ।
गुरुको अर्थ के हो शिक्षक को हुन बिचार गारौ मनमा राखौं आफ्नो अमूल्य जिबन अबर्णनीय सौन्दर्य असहनीय कण सहेर दश महिना पछि प्रसबबेदनालाइ औल्याउदै जन्माएको पुत्रले अद्र्धागिनीक बसमा परेपछि आमालाई बिर्सन्छ अनेकौ अड्चनहरु सहेर शैशब अबस्थाको शिशुको पालन पोषण गरी शिक्षित बनाएको सुपुत्रले आफू सक्ने भएपछि घर गाउ छाडेर शहर र सानो शहर छाडेर राजधानी मानिएको शहरतिर लम्कन्छ न घरको वास्ता न आफन्तको ।
शैशव अबस्थाका अनेकौ अज्ञान रुपि अन्धकारलाई बिलीन गराइ बिद्यादान द्धारा प्रकाश पारी ज्ञान भण्डार गरिदिने गुरुलाइ अध्ययन कक्षबाट बाहिर निस्कदैमा भुल्न आधुनिक बिद्यार्थी बर्गले अथाबा परीक्षालयबाट निस्केपछि के यो मानबीय आचार हो अबश्य होइन के यो कलियुगको प्रभाब हो । हामि मानब हौ दानब होइनौ ता दानबीय आचरण गछौं बिबेक नभएर । दानब मानबमा के फरक मान्छेत दुबै हुन्छ तर फरक छ बिवेकको अब आयो बिबेकको कुरा बिवेकी बन्ने कसरी जब सम्म गुण अबगुण छुट्टीदैन राम्रो नराम्रोको ख्याल हुदैन गर्ने के नगर्ने के थाहा छैन नराम्रो कामको परिणाम थाहा छैन ।
आज मान्छे हाबामा दौडीरहेछ बिदेशिको दाँजो लिन चाहन्छ तर आफ्नो स्थिती देख्दैन फेसनको लहरले घर रित्तिदैछ । घरमा आगो बलोस नबलोस सुट बुट नभै हुदैन आवश्यकता ओइन इच्छा पूर्ति गर्न चाहन्छ । तर कहिल्लै सन्तुष्ट हुदैन । सन्तोष नभएका पछि सुखि पनि बन्दैन सादा जीबन उच्च बिचार नभए यो संसारमा सुख छैन । इतिहास हेरौं श्रवण कुमारले आफ्ना अन्धा अन्धी आमा बुबालाइ जीबनको अन्तिम समय सम्म दुख नदिइ अन्तिमभर सारा तीर्थ आफ्नै काँदमा राखि तीर्थ समेत गराएका थिए बुबा आमालाइ मुक्तपारी आफ्नो जीबन सफल पार्न सफल सक्षम भएका थिए ।  

0 comments:

Post a Comment