Friday, November 30, 2012

"अहम बाट"

एउटा इष्र्या
जो द्धेष संगै उत्पादन भएको
जसलाइ परिचालन गरिदैछ
अहम बाट......

आखिर प्रयोजन के ?
केबल अहंका दाह्राले
आफ्नो काबुमा लिने लक्ष्य !
तिनै निमुखा माथि प्रहार
अहम बाट .............

सोंच्छु
उसलाइ जरैदेखि निमोठी फालूँ
आफ्नो बाटो नमानेको कारणले
आफ्नो शब्द नस्बीकारेकोले
केबल चापलुसी नगरेकोले
कस्तो सोच कस्तो बिचार
अहम बाट .............


त्यही भएर होला
आजको यो द्धेष
लत्याउने उद्देश्यले अगाडी बढ्दैछ
निमुखामाथि प्रहार गदैछ
मात्र स्बार्थका लागी
आफ्नो क्षमता बिस्तारका लागि
अरुलाइ मानसिक तनाब दिइदै छ
अहम संगै द्धेष संगै इष्र्या संगै

अहो ! कस्तो स्वार्थ आफ्नो मिलाइ
अरुलाइ लत्याउनेहरुको ।
अहम बाट .............

2 comments:

  1. सब्दहरु अविछिन्न बगेको छ ,भाबलाई मौलिकताले बाध्नु राम्रो प्रस्तुति हो कि ....?

    ReplyDelete
  2. धन्यवाद कमल जी सुझाब र प्रतिकिर्याको लागि

    ReplyDelete