Thursday, December 13, 2012

"म को हूँ "



म कहाँ जन्मे
जन्मदा कसरी जन्मे
पहिलो शब्द के बोले
जन्मदा म कस्तो थिए
यस्ता धेरै कुरा थाहा छैन मलाई
र थाहा पनि हुदैन
त्यसैले मलाई तँ को होस भनेर नसोध

अगाडी पट्टी बाउको नाम
आमाको नाम
काकाको नाम
पटिदारको नाम
जोडेर आफ्नो प्रचार गर्नु छैन मलाई
त्यसैले तिम्रो नाम केहो भनेर नसोध

तिम्ले मलाइ
कालो रातो पहेंलो आदि आदि
जे देख्छौ त्यही भन

त्यही नै सम्बोधन गर
मेरो घर नसोध थर नसोध भर नसोध
त्यसैले मलाई के गर्छस भनेर नसोध

मेरो अधि पछि लम्बेतान
पुच्छर चाहिन्न मलाई
मलाई दिनै पिच्छे जे देख्छौ तिम्ले
त्यही भन
म सुन्य नै रहन चाहन्छु एक चाहिन्न मलाई
अंक देखे मुर्मुरिन्छु त्यो नदेखाउ मलाई
त्यसैले आफ्नो लम्बेतान पुच्छरपनि नदेखाउ
म जे देख्छु त्यही भन्छु किन भनिस भनेर नसोध

म केही होइन तिम्लाइ जे लाग्छ त्यही
सम्बोधन गर
मैले केही जान्दीन म देखि नडराउ
मलाइ केही थाहा छैन
म सुन्य सुन्य सुन्य हूँ

0 comments:

Post a Comment