Thursday, December 20, 2012

चार नैतिक कथा

१ ः तीन यज्ञ
 एउटा गृहस्थले तीनवटा यज्ञ गरे भएको धन सके गरीब भए खानेकुरा केही रहेन । उनको दुःख देखेर कुनै बिद्धानले भने तिमीले आफ्नो एक यज्ञको पुण्य धर्मराज सेठलाई बेचिदेउ त्यतिले तिम्रो काम राम्ररी चल्छ ।गग्ृहस्थले बाटोमा खाने रोटी झोलामा राखे र बोटा लागे जादा जादै बाटोमा खाने खाने रोटी एयटा कुकुर्नी बच्चा पाएर बसेकी बच्चाले दुध चुसेका भोकी आमा दुघ कति आओस कसरी अघाउन ती बच्चा । कुकुर्नी भोकले पिडीत देखे उनलाई दया लाग्यो उनले आफ्नो रोटी उसलाई खान दिए उ हिड्न डुल्न सक्ने सम्म भई । गृहस्थ सेंठकाो घर पुग्दासम्म तीन दिन भोकै रहनु पर्यो जाने साथै धर्मराजले साधे तिम्रा चार यज्ञ छन् । कुन चाही बेच्न चाहन्छौ गृहस्थले भने मैले त तीओटा यज्ञ मात्रै गरेको हूँ धर्मराजले भने चौथो दया यज्ञ त तिमीले अहिले बाटोमा आफ्नो रोटी ख्वाएर गर्यो नि गृहस्थले पहिलेको तीनओटै यज्ञ बेचदिएर उसको बदलामा जे पाए त्यसबाट दया यज्ञहरु कहाँगएर कसरी गर्न पाईन्छ भनेर त्यस्तो अबसर खोज्न थाले ।।


 राजाका सेनाहरु एयटा गाउको बाटो भएर जादै थिए सेनपतिले गाउका मुखियालाई बोलाएर सोधे  घोडाहरुलाई ख्वाउने सबभन्दा राम्रो खेत कस्को छ । मुखियाले आफ्नो खेत बताइ दिए घोडााहरु लगेर खेतमाा चराइयो अधायो सेनापतिले फेरी सोधे यो खेत कसको थियो मुखियाले भने मेरो मलाइ अर्काकाो नोक्सान गर्न के अधिकार छ । सेनापति स्तब्भ भए उनले खेतको जरीबाना तिरे ।



२ः सिकन्दर पनि खाली हाथ गए


 सम्राट सिकन्दरको जब मर्ने बेलाभयो उनले आफ्ना सारा मुल्यबान सम्पत्ती जति आफ्नो आखाको अगाडी जम्मा गर्न लगाएर  मंत्रीहरुलाई भने यसलाई मेरो साथ बैभब सम्पत्ती त संसारको अंग हो  । यो यही पाईन्छ यही छोडिन्छ सिकन्दर हात्ती पिटेर रोए यदी यो सब यही छोडनु थियो त मैले ब्यर्थमा यसका लागी जीबन किन गुमाउथे यदि यो ज्ञान पहिल्यै हुन्थ्यो भने परमार्थी महामानबहरुको झैं उपयोगी जिबन बिताउने थिए । समय गैसकेको थियो भुलसुधार को म्याद थिएन त्यस पछि उसले मत्रिहरुसंग भने मेरो सब यात्रामा दुबैहात खुल्लै बाहिरै राख्दिनु जसले गर्दा मानिसहरुले बुझुन कि महबली सम्राट सिकन्दर त खाली हात ग एभने हामिले के लिएर जान सक्छौं । जसलाई यो ज्ञान हुनेछ उसले मेरो जस्तो मूर्दत ागर्नै छैन ।।


३ ः कथा स्वर्गको अधिकारी को

 एक पटक बिधाताले आफ्नो दूतलाई पृथ्वीमा यो पत्ता लगाउन पठाए कि पृथ्वीमा स्बर्ग आयन पायने भक्तजन कति छन दूतले आएर संसारका हजारौं भक्तहरु एबं पुजारीहरुको नाम ठेगाना आफ्नो रसजस्टरमा लेखे पृथ्वीबाट बिदा भएर स्वर्ग तिर लाग्ने बेलामा यनले एयटा अन्धा चौराहामा लालटेन बालेर उभिएको देखे तर बास्ता गरेनन । बिधाताले जब दूत को रजिस्टर हेरे यसमा अन्धाको नाम थिएन बिधाताले स्बर्गको सच्चा अधिकारी को परिभाषा दिदै दूतकाृ रजिस्टरलाई रद्य गरे र अन्धो नै स्बर्गको सच्चा अधिकारस् बताए जसले पूजापाठ नगरे पनि बिश्ब ब्यबस्थामा भगवान लाई सहयोग गर्न अंधकारमा बटुवाहरुलाई बाटो देदायने काम गरी रहेको थियो त्यसैले यही नै स्बर्गको सच्चा अधिकारी हो ।

४ स्वर्गमा ढुंगा लिएर जाने सन्त राजा

 एक जना सन्त खोलाको किनारमा बसेर साना साना ढुंगाको थुप्रो लगाउदै थिए थुप्रो ठूलै भैसकेको थियो र उनी अझै बट्याउदै थिए । उताबाट एक जना राजा त्यही बाटो आउदै थिए राजाले सोधे त्यो ढुंगा किन जम्मा गरेको , सन्तले भने मेरो मर्ने दिन छिट्टै आउदैछ । परलोकमा महल बनाउनु छ । त्यसैले लैजानको लागी जम्मा गदैर्छु । राजाले हाँस्दै भने परलोकमा त केही पनि साथमा लिएर जान पाईन्न यहाका समान यही रहनु पर्छ । संत गंभिर भएर उनले राजालाई नजिकै बसालेर प्रेम पूर्बक भने यदि यो ज्ञान आफूले स्वयं अपनाएको भए त सम्पत्ति जम्मा गर्नुको साटो जीबनलाई त्यो पुण्य परमार्थमा लगाएको भएत त्यो मरेपछि पुण्य लीएर जान पाउथ्यौ ।

0 comments:

Post a Comment