Thursday, December 27, 2012

उमङ्गको मिडिया तर तनाब ।

रेडियो टिवी मिडिया भनेपछि जो कोहीले पनि एक पटक उत्साहका साथ हेर्ने गर्दछ र काम गर्ने इच्छा जाहेर गर्दछ । सायद काम गर्न नचाहने कमै मान्छे हुन्छन र मन नपराउने पनि । जति जनि मिडिया खुल्दैछन उती उती काम गर्ने मान्छेहरुपनि बढ्दैछन । तर संचार माध्यमको अबस्था किन उस्तै छ । जतिधेरै मिडियाहरु भएपनि गुणस्तर भने कमै मात्रमा भेटिन्छन आखिर किन यस्तो । मिडिया हाउस चलाउनका लागि बिज्ञापन चाहिन्छ तर त्यो सबै मिडियामा प्रयाप्त रुपमा किन उपलब्ध हुदैन । लोक काल्याणकारी बिज्ञापन बितरण पनि राम्रो संग हुदैन । नहुदा धेरै संचार गृह र संचारकर्मी मर्कामा पर्दैछन किन यसमा सरकार तथा सरोकार निकायको ध्यान जानु जरुरी छैन र ।


            आज भन्दा ४ बर्ष पहिले गाँउमा एफ एम खुल्ने हल्लाले राम्रै संग चर्चा कमायो खुल्यो र त्यसले कपिलबस्तुमा आफ्नै एउटा छुट्टै महत्ब बनाई सकेको छ । यसमा भित्रिन चाहनेर र यो कामलाई बैकल्पिक कामका रुपमा किकषित गर्ने पनि छन र काम गर्न थालेको केही बर्ष अथवा महिनामा  छोडेर हिड्ने पनि छन । तर पनि मिडियामा काम गर्ने संचारकर्मी किन सन्तुष्ट हुन सकेका छैनन त कुनै बेला मिडीयामा छिर्न मरिहत्ते गरेका मान्छेहरु निरासाबादी बन्दै भटाभट संचारमाध्यमलाई लत्याउदै आफ्नो बाटो तताएका छन् आखिर किन यस्तो भइराखेको छ ।

             कति उत्साहित रोमाञ्चीत थियो त्यो दिन जहिले मेरा सहपाठी चन्द्रकान्त न्यौपाने र म पत्रकारिता तालिम लिने निर्णय गरेका थियौं । कपिलबस्तुको ४ नम्बरमा रेडियो खुल्दैछ  त्यसमा पनि कार्यक्रम उत्पादन र समाचार लेखनको १५ दिने तालिमको लागि प्रचार प्रसार पनि चलेको रहेछ म क्याम्पसको कक्षा कोठाबाट बाहिर निस्की सकेपछि चन्द्रकान्तलाई बोलाउदै भने हेर्नुस त चन्द्र जी पत्रकारिता तालिम खुलेको रहेछ मैले क्याम्पसको भित्तामा प्रचारको पम्प्लेट देखेर यो भन्न पुगेको थिए बैशाख महिना गर्मीको महिना स्नातक प्रथम बर्षको पढाई भर्खरै सुरु भएको थियो बिहानी प्रहरमा । हुनत कपिलबस्तुमा सञ्चार माध्यम खुलिसकेको अबस्था थियो त्यो बेला सदरमुकामतिर धनकौली भन्ने ठाउमा रेडियो कपिलबस्तु भन्ने रेडियोले आफ्नो प्रशारण सुरु गरीसकेको थियो । अब यो ४ नम्बरको दास्रो प्रयास थियो । हुनत हामि रेडियो सुन्न र पत्र पठाउन रुचि राख्ने मध्यका थियौ त्यो बेला बुटबलका अलिकति चलेका एफ एम बुटबल, तिनाउ  एफ एम म निकै सुन्ने गर्थे हुनत त्यतिबेला एफ एमको चर्चा र महत्ब उत्तीकै थियो हामि पनि त्यहि जोस र जाँगरका साथ पत्रकारीता तालिम लिने निधो गरियो शुल्क रहेछ १२०० ४ नम्बरको मुनलाईट कम्प्यूटरमा गएर हामिले निबेदन सहितको फर्म भर्र्यौ ।

             तालिम सकियो १०० जना भन्दा बढी सहभागि तालिम बाट रेडियोमा स्वयम सेबकका रुपमा काम गराउन भनेर २५ जना जति छनौट गरियो कोही कार्यक्रम संचालक कोही समाचार बाचकका रुपमा । सुरु सुरुको जाँगर र उत्साह पनि राम्रै थियो सबैको तर समयको अन्तराल संगै सबै घट्दै गएको महसुस सबैले गरेकै हुन । जुन सुकै कुरालाइ बुझ्नको लागि त्यसको भित्री भागसम्म छिर्नु आबश्यक हुन्छ । त्यसैले होला कतिपय साथीहरुले कार्यक्रम चलाउन थालेको छ सात महिनामै रेडियो छोडेर नौ दुइ एधार हुनु पर्यो ।

              मिडियामा लागेको आज ४ बर्ष भो यसले धेरै कुरा सिकायो त्यसको लागि मिडीयालाइ धन्यबाद दिदा खेर जाँदैन किनकी नेपालभरी छरीएर रहेका रेडियो टेलिभिजन पत्रिकामा काम गर्ने साथीहरुसंग चिनजान गराएको छ । एउटा राम्रो सम्बन्ध स्थापित गराइ दिएको छ । आफ्ना बिचार ढुक्क संग राख्न सक्ने बनाएको छ । कहि कतै गएर म रेडियो तथा मिडिया कर्मी सञ्चारकर्मी हूँ भनेर चिनाउन सक्ने गराएको छ । तर पनि आज काम गरिरहेका अधिकांस सञ्चारकर्मी निरासाबादी छन ।

             बिहान रेडियोमा काम गर्न गएको छोरो अथबा छोरी दिनभरी रेडियोमा काम गरेर सबैलाइ मनोरञ्जन दिने प्रयास गर्छ । सूचना दिन्छ । सुन्ने सबैको अघि त उ एउटा चर्चित सेलिब्रेटी बन्ला सबैले रुचाउने आर जे बन्ला उसलाइ रुचाउने कोही बाटोमा भेटिदा ओ हो सर तपाइको अस्तिको कार्यक्रम त निकै राम्रो थियो भन्दा मात्र उ निकै खुसि होला । तर के गर्नु काम गर्ने ठाँउमा नत न्यूनतम पारिश्रमीक पाइन्न । पाउन पर्ने त काँहा हो कहाँ बिचरोले ६ ७ महिना सम्म तलब पाएको हुँदैन बाटोमा भेटिदा बाबु तिम्रो जाजिर त राम्रो छ कति छ तलब २० हजार त कसो नहोला पल्लो घरको बुढा बाले त्यसो भन्दा मन कटक्क खान्छ । घरमा श्रीमतीले भनेको कुरा लैजान नपाउदा झनै कस्तो अबस्था भोग्नुपर्छहोला त्यो भोग्नेलाइ मात्र थाहा हुन सक्छ । भनाइ र लेखाइमा धेरै न्यूनतम पारिश्रमीकको कुरा चल्छ तर सयौं रेडियो भएको ठाँउमा हाथमा गन्न सक्नेठाउमा मात्र  कार्यान्बयन हुन्छ । कतिपय ठाँउमा मिडिया नचलेर पनि बेतन नपाउलान तर कहि कतै चल्ने र बेतन दिन सक्ने अबस्था हुदा हुदै पनि कार्यान्वयन हुदैन । जहाँ कार्यान्वयन हुन्छ त्यहाँ न्यूनतम पारिश्रमिकको भन्दा निकै न्यून बेतन दियिन्छ ।

               संगै मिडियाको दुनियामा छिरेका साथीहरु आफुले सुरु गरेको रेडियो छोडेर बुटबल काठमान्डौ र चलेका भन्ने  मिडियामा पुगे तर समस्या उही । धेरै पहिले नै बुटबल छिरेका साथीले पहिलेनै रेडियोमा काम गरेर गुजारा चल्ने रहेनछ त्यसैले मत स्कूल पढाउन समेत थाले हेर्नुस न भन्दै माइक र कम्प्यूटर छाडेर चक र डस्टर समात्न गए जसलाइ धेरै चलेको मिडियाबाट अबसर पनि आए तर मिडियाको अबस्था देखेर उनी त्यो अबसरलाइ लत्याएर स्कूलमै रमाउन थाले । काठमान्डौ पुगेका साथीको पनि हाल उस्तै केही दिन त यो मिडिया त्यो मिडिया भन्दै डुले तर उनको पनि हालत त्यही भो काम जहा पनि पायिन्छ तर जिबन गुजारा गर्न अर्थको आबश्यकता पर्छ जब आफ्नै अबस्था धान्न पनि मुस्किल पर्ने बेतन दिनेकुरा मिडिया मालिकले गर्छ तब मन नहुदा नहुदै पनि मिडिया छाड्नुपर्ने अबस्था आउछ र निरासाबादी बनाउछ मिडियाकर्मीलाइ । बाहिरबाट हेर्दा र सुन्दा त सबैका सामु मिडयाकर्मी चर्चाको धेराभित्र होला तर भित्र उसको आफ्नै दुख र तनाबको महाभारत चलेको हुन्छ ।

            रेडियोमा काम गने तिब्र इक्षा र सोख भएका कारण सुरु सुरुमा त दिनरात नभनी
कार्यक्रम चलाइयो न खानको ठेगान न सुत्नको तरपनि रेडियोमा बोल्न पाइएको छ सबैले चिनेका छन भनेर सन्तोष मानेर बसियो र ठूलै मान्छेपो भइएछ जस्तो लाग्यो त्यसैमाथि भट्ने कोही कोहीले प्रशंसा गरिदिदा त मन निकै प्रफुल्ल भो । तर कति दिन सम्म सन्तोष मानेर बस्नु  त्यसैमाथि तलब नपाउदा कस्तो हुन्छहोला त्यो मनलाइ । बिना कुनै गुनासो र पैसाको वास्ता नगरी बर्षभरी स्वयम सेबक भएर काम गरेका सञ्चारकर्मीलाइ मात्र थाहा हुन्छ । रेडियोमा काम त गरिन्छ तर काम गरेको भनेर नत मिडिया हाउसले परिचय पत्र दिन्छ नत कुनै ढाडसनै अझ केही तल माथि भए राम्रैसंग हूँकाराइ खानुपर्छ मिडिया मालिकको ।


            यति हुदाँ हुदै पनि मिडियामा लाग्न र यसमा काम गर्न चाहनेहरुको राम्रै लर्को भेटिन्छ । यसले के कुराको पनि पुस्टी गर्छ भने अभैm पनि रेडियोमा काम गर्न चाहने धेरै छन र यसको राम्रो अबस्था छ हाम्रो नेपालमा । तर पनि दिनानुदिन रेडियो खुली रहेकाछन कतिपय त चल्न नसकेर बन्द भएको पनि हामि समाचार सुन्छौ । आखिर किन यस्तो भएको छ । मिडियामा मरिमेटी काम गर्नेलाइ किन श्रमको मुल्य दिइएको छैन । किन श्रोताले रुचाएको रेडियोकर्मी देश छोडेर खाडी मुलक लागेको छ । यसमा चाडो भन्दा चाडो सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ किनकी भोलीका दिनमा हामिले हाम्रो ठाँउमा पनि रेडियो थियो रे भन्ने कुरा एकादेशका कथा जस्तै हुन सक्छ । त्यसैले हामी मिडियाकर्मीहरुले यसको संरक्षण र बिकासकालागी आवाज उठाउनु जरुरी छ । होइन भने हाम्रो अस्त्वीत्ब समाप्त हुनेछ ।............

3 comments:

  1. alikati fm haru banda hunu aawasyak 6 .. karmachaarilaai talab dina nasakne le k fm kholdahun ... baru pauroti factry kholnini .. saram sosak haru

    ReplyDelete
  2. कमल दादा यो तपाईले लेखेको लेख यर्थाथ हो । यसको अनुभव तपाई हामी जस्ता धेरै सन्चारकर्मीहरुले भोग्नुभए होला ।।

    ReplyDelete