Saturday, January 5, 2013

जलाई दिनु


भन्छौ अरे रानीघाटका मलामीलाई सलाई दिनु
तिमी पनि सङ्गै मिलीमेरो लास जलाई दिनु

नदन्किइ मेरो लास त्यसै रह्रो भने देखी
कोमलती तिम्रा हातले एकफेर चलाई दिनु

जलाउदानी नजलेका मेरा अङ्ग हरुलाई
तिमी आफै मेरालागी झिँगा बनी गलाई दिनु

जब मेरो चिता जलाई रुदै रुदै फर्किएर
नभनहै अब तिमी यो जिबन कलाई दिनु



यो जुनीमा यस्तै भयो अर्को जुनी पाए भने
अहिलेनै भन्छु rhythm अर्को जुनी मलाई दिनु
 ...........................................
रिदम अर्याल
बारुद्खान  पाल्पा 

0 comments:

Post a Comment