Thursday, January 24, 2013

महोत्सब आयो ।।



धुम्दै फिदै हाम्रो सान महोत्सब आयो
सबैले जप्नैपर्ने ध्यान महोत्सब आयो ।।

चौथो पटक रङ्गियो बुद्धरङ्गशाला
कपिलबस्तुको मान महोत्सब आयो ।।

सङ्गीत स्वरको खोलो बग्छ यहाँ
सातै सुरको यो तान महोत्सब आयो ।।

बुद्ध भूमि कला अनि संस्कृतिको धनि
प्रचारको राम्रो गान महोत्सब आयो ।।

हाम्रो गौरब हाम्रो सान बनेको यो
मनोरन्जनको पान महोत्सब आयो ।।

कमल पौडेल
बाणगङ्गा कपिलबस्तु 
शुभ पल

0 comments:

Post a Comment