नेताहरु भत्ता पाए पुष्ट हुन्छन यँहा ।।
तँछाड मछाड खुट्टा तान्ने प्रबृतिले यो ।
पापी जति मर्नेबेला कुष्ट हुन्छन यहाँ ।।
गरिबलाई लत्याउने बिकृत समाजमा ।।
सानालाई हेप्नपाए सन्तुष्ट हुन्छन यँहा ।।
आज छोडी भोली गर्छौं भन्छन नेताहरु ।
समय थप्न फेरी एकमुष्ट हुन्छन यँहा ।।
सहमति खोज्दै भेलाहुँदा संसदमा हेर्नुस ।
मिल्योभन्दा फेरी असन्तुष्ट हुन्छन यँहा ।।
...................
कमल पौडेल {कल्पित शखा }
बाणगंगा ५ कपिलबस्तु
0 comments:
Post a Comment