Monday, February 11, 2013

उसले कतिलाई पानी बनायो |



उसले कतिलाई        पानी बनायो |
उनलाई  प्रेमकी       खानी बनायो ||

नयन जुधाउने       हेरी हेरी कस्तो |
हेर्दै आँखा झिम्काउने बानी बनायो ||

देख्ने जति मख्ख   पर्छन उसलाई |
प्रणयका भाब साट्ने दानी बनायो ||

नजर जुधी बोलेपछि केहि दिनमा |
अंगालोमा बेर्ने   वाह नानी बनायो ||

माया साटा साट       गर्दा गर्दै हेर्नुस |
जिन्दगीमा साथ दिने रानी बनायो ||


कमल पौडेल "शब्द शखा"
कपिलबस्तु
०६९-१०-28 गते  साँझ 

0 comments:

Post a Comment