Wednesday, February 13, 2013

तिम्रो मुस्कान कति मिठो हेर्न मन लाग्छ |

तिम्रो मुस्कान कति मिठो हेर्न मन लाग्छ |
फर्किएको मनलाई फेरी फेर्न मन लाग्छ ||

आज सम्म तिमि सामु सधै रहेको छु हेर |
टालिएको मनलाई फेरी केर्न मन 
लाग्छ ||

मलाई लाग्छ तिम्ले माया गर्छौ भन्ने कुरा |
मायालु अंगालोमा तिम्लाई बेर्न मन लाग्छ ||

आज सम्म जेभयो त्यो मलाई थाहा छैन |
माया गर्छु तिम्लाई भनि घेर्न मन लाग्छ ||


कमल पौडेल "शब्द शखा"
कपिलबस्तु
०६९- ११ - ०२ गते

0 comments:

Post a Comment