Thursday, February 21, 2013

हिजो राती आशु झर्यो तिमिसंग कुरा गर्दा हेर सानु |



हिजो राती आशु झर्यो तिमिसंग कुरा गर्दा हेर सानु |
माया गर्छौ भनि सधैभरि विस्वासमा पर्दा हेर सानु ||

मैले त चाहन्थे तिम्ले सोच्ने रैछौ साथी मात्र भनि |
देउरालीको ओरालीमा हात समाई तल झर्दा हेर सानु ||

नजीक आउथेउ आत्मियेता दर्साई प्रित जगाउथेउ |
मिठो मुस्कान छोडी मेरो नजीकआइ सर्दा हेर सानु ||

जिस्काउदै कुरा गर्दा नजिक आइ बस्दाखेरी तिमि |
माया गर्छौ भन्ने लाग्थ्यो मिठो प्रित छर्दा हेर सानु ||

मायाको त्यो चिनो रुमाल दिदा कति खुसि थिए म |
रुमाल सम्झी कति तड्पे त्यो समुन्द्र तर्दा हेर सानु ||

कमल पौडेल "शब्द शखा"
कपिलबस्तु
०६९- ११- ११ गते १२ बजे

0 comments:

Post a Comment