Wednesday, February 20, 2013

उसले मलाई छाडेको हो त्यहि कारणले रे |

उसले मलाई छाडेको हो त्यहि कारणले रे |
अर्कैले उसलाई भाँडेको हो त्यहि कारणले रे ||

लुकी लुकी मेरो बारे अरुसामु बुझ्दै हिंड्ने |
नाम जोडी मेरो काडेको हो त्यहि कारणले रे ||

मैले बुझ्नै सकिन उसको त्यो मायालाई |
त्यो मेरो प्रित सारेको हो त्यहि कारणले रे ||

मायालाई पैसामा तौलने बानी उसको सधै |
दोस जति मलाई पारेको हो त्यहि कारणले रे ||


घरि घरि हुदाबेर पछि लागि हिड्ने उनि त  |
गाली दिदै उन्ले खारेको हो त्यहि कारणले रे ||

कमल पौडेल "कल्पित शाखा "
कपिलबस्तु
०६९- ११- ०९ गते साँझ

0 comments:

Post a Comment