आजकल तिम्रो भाउ बढेछ हेर |
भावना तिम्रा सबै सढेछ हेर ||
निस्वार्थ थियो मेरो भाब खै |
तिमीले देको चोट गढ़ेछ हेर ||
थोरै पलायेसी माखो गनीनौ |
तिम्रो घमण्डी पारा चढेछ हेर ||
आजभोली सुन्दैछु पैसामा छौरे |
प्रगतिका तिम्रा खुट्टा लढेछ हेर ||
समय सबैको एकचोटी आउछ |
मायालु त्यो बोलि सबै डढेछ हेर ||
कमल पौडेल "शब्द शखा"
कपिलबस्तु
०६९- ११- ०२ गते साँझ
0 comments:
Post a Comment