Thursday, February 14, 2013

खै कहिलेको दोष रैछ छल्कियो आज |

खै कहिलेको दोष रैछ  छल्कियो आज |
मेरो दोष बनाई  कोहि पल्कियो आज ||

उ चाहन्छ सबै जस्ताको तस्तै हुनुपर्छ |
पिडाहुँदा मनमनै निकै खल्कियो आज ||

अकस्मात जुध्यो र भयो दुर्घटना हेर्नुस |
गल्ति उसको हो मैतिर झल्कियो आज ||

कस्तो मान्यता जे माग्यो पाईन्छ भन्ने |
उसको त्यो लोभी भाबना टल्कियो आज ||

सबै छ्यति आफै ब्यहोर्दानी चुस्न खोजे |
जलेको तन यो लाचार भै सल्कियो आज ||

कमल पौडेल "शब्द शखा"
कपिलबस्तु
०६९- ११- ०३ गते

0 comments:

Post a Comment