Saturday, February 9, 2013

प्रेम अनुभव कविता

कहिले काहीं निस्कन्छ ,
अन्तर हिर्दयका कुरा |
जब जब भन्न मन लाग्छ
लाग्दछ कुनै बस्तु प्रति
प्रेमपो हुन थाल्यो कि ?
म अनभिज्ञ छु |

यो माया भन्ने चिज येस्तै हो |
हो मलाई पनि लाग्छ |
तर बुझनै सक्दिन !
बुझेर बुच पचाउदिन भन्छु ,
तर के गर्नु ,
यो संसारमा निएमनै बनिसकेको छ |
हो मा अनभिज्ञ छु |

के यी मेरा मन पग्लिन थालेका त होइनन ?
फेरी अनभिज्ञ छु |
के म अध्यारोमा छु ?
के म अज्ञानी छु ?
किन किन बुझ्नै सक्दिन !
तर पनि माया पलाय जस्तो लाग्छ |
माया गरेजस्तो लाग्छ
फेरी अनभिज्ञ |

कमल पौडेल
कपिलबस्तु
सन् २००८ भारत

0 comments:

Post a Comment