Saturday, February 9, 2013

उत्तर भेटिनेछन

म एक भगवानको मुर्ति जस्तो
न बोलि छ ,
धन्य छु म जहाँ मेरै आखा अगाडी
भैरहेछन कलंकित कार्यहरु
आखिर किन ?

म  प्रस्न गर्छु
उत्तरको आशा राख्दिन
किनकि
यहाँ कलंकित मान्छेहरुले
मलाई लाग्दछ ,
उत्तर दिदैनन
त्यहि भएर
म मौन छु |



मनमनै प्रस्न गर्छु ,
उत्तर खोतल्चु
तर भेटिदैनन ति उत्तरहरु
कुन कुनामा छन् ,
कुन फाइलमा छन्
म बेचैन छु |

तर प्रयत्न गर्छु ,
आखिर यसको पनित  प्रयोजन  हुन्छ |
म ढुक्क छु
उत्तर भेटिनेछन ,
अनि म स्वतन्त्र हुनेछु 

कविता
कमल पौडेल
सन् २००८ भारत

0 comments:

Post a Comment