Wednesday, February 27, 2013

कामलाई काम होइन माम सम्झिन्चन यहाँ |

कामलाई काम होइन माम सम्झिन्चन यहाँ |
हरेक दिनलाई बेकामको नाम सम्झिन्चन यहाँ ||

लुछाचुडी काटमारको गृह युद्ध चल्दै गर्दा यहाँ |
निहत्थालाइ लत्याउने काम सम्झिन्चन यहाँ ||

हरेक साँझ चुलोबाली पसिनाको धारा बगाउनेले |
परिवारनै सुखको स्वर्ग धाम सम्झिन्चन यहाँ |

बलेको आगो ताप्ने स्वार्थबादी यी लुच्छाहरुले |
मिहनेती ज्यानलाई बद्नाम सम्झिन्चन यहाँ ||


हरेक दिन मनमा आएको कुरालाई सुनाउदै |
हिड्ने बबुरोलाई इन्तकाम सम्झिन्चन यहाँ ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु

0 comments:

Post a Comment