Friday, March 8, 2013

जादै छु त्यो ठाउँमा त्यहाँ सुख छ गरे |

जादै छु त्यो ठाउँमा त्यहाँ सुख छ गरे |
परिश्रमको कदर गर्ने त्यहाँ रुख छ गरे ||

हल्ला  धेरै सुनियो पिडा र दर्द को पनि |
साचै कता कति भंचन त्यहाँ दुख छ गरे ||

बनेन बाताबरण यहीं जम्ने मलाई खै |
खाली पेट हुदाको मिठो भुख छ गरे ||

प्रगतिनी भाको छ रे गगन चुम्बी महल |
राम्रा चिल्ला रेलको छुख छुख  छ गरे ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९- ११- २५ गते

0 comments:

Post a Comment