Wednesday, February 27, 2013

तिम्रो पिडा लाग्छ सबै अब मैले लिउँ जस्तो हेर |

तिम्रो पिडा लाग्छ सबै अब मैले लिउँ जस्तो हेर |
दर्दले च्यातिएको मनलाइ  यसै सिउँ जस्तो हेर ||

के कसरी बदलियो कथाबस्तु थाहै भएन मलाई |
तिमीले दिएको दर्दहरु मेट्न थोरै पिउँ जस्तो हेर ||

तिमीलाई सम्झदै अब आफ्नै नाम मेट्नु छ हेर |
तिम्रो नाममा थोरै होइन धेरै धेरै खीउं जस्तो हेर ||

भाब तिमीले  बुझ्ने भए किन एस्तो हुन्थ्यो भन |
तिम्रो लागि एक तके हजार जुनी जिउँ जस्तो हेर ||



सधै तिमीले अनेक थरी दोष मात्र दिई रह्यौ खै |
गुनासो की छैन प्रसंसा तिम्लाई दिउँ जस्तो हेर ||

कमल पौडेल "शब्द शखा"
कपिलबस्तु

0 comments:

Post a Comment