Saturday, February 9, 2013

शहरमा आजभोली बस्न डर भो ।

शहरमा आजभोली बस्न डर भो ।
कति खेर के हुन्छ खै केको भर भो ।।

रमायौ लोकतन्त्र आयो भनि हामि ।
भन्दा नभन्दै शान्ती फेरी पर भो ।।

उन्नाइस दिन उठेका थिए जनता ।
दौडिदा जनतालाइ कको घर भो ।।

सहिद भइ धेरै पुर्यायौं सत्तामा ।
पाइ कुर्चि फेरी हामीलाइ मर भो ।।

जुटौ फेरी देश बचाउनका लागी ।
हाथमा हाथ समाइ हिड््ने प्रहर भो ।।


.............................
गजल
कमल पौडेल
२०६५- १२- ०२ गजल स्पन्दन

0 comments:

Post a Comment