Saturday, February 9, 2013

मेरी फेसन

कबिता गद्य

मेरी फेसन तिमी धन्य छौ
तिम्रो नियम धन्य छ
तिमिलाई चाहने धेरै छन
यहाँ फेसन भन्दछन
एक्काइसौ सताब्दी भन्दछन
अनि
तिमीलाइ अंगालोमा भर्दछन
दौरा सुरुबाल त झुर रे
भैंसी अटाउने प्वाइन्ट रे
गुनियो चोलप् पनि हरायो
मिनिस्कर्ट र टि सर्ट प्यारो रे


संस्कार त कुन कुनामा छ
मुसाले लग्यो कि
घरमा माम छ कि छैन   
शरिरमा फेसन छ

मेरी फेसन तिमी सबैकि प्रिय
तिमी पूर्ण रुपले आउ
अर्ध रुपले होइन
आउ आउ फेसन तिमी
पूर्ण रुपले आउ

शखा कल्पित शर्मा
 भारत २००८

0 comments:

Post a Comment