Friday, March 8, 2013

यहीं बस्ने इक्षा थियो सकिन भो हेर्नुस

यहीं बस्ने इक्षा थियो सकिन भो हेर्नुस
थोरै लिई धेरै दिन खै  सकिन भो हेर्नुस

खुट्टा तानी लत्यायारा फल्चन यहाँ काले
मत खासै त्यो बारीको नि परिन भो हेर्नुस

सधै भलो गरेकै हो पचेनछ तिनलाई
अनैतिक कामले सिमा तरिन भो हेर्नुस

सधै एकै नास बन्न सक्ने मान्छे होइन म
पलपलमै मुस्कान त्यो छरिन भो हेर्नुस

मान्छे भएसी गल्ति हुन्छ के को द्वेस गर्नु
होइन भन्दै जबरजस्ती गरिन भो हेर्नुस

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु

0 comments:

Post a Comment