Friday, March 15, 2013

आमासंग कुरा गर्दा मानिनन आज ||

आमासंग कुरा गर्दा मानिनन आज |
मेरो प्रेमलाई उनले  जानीनन आज ||

उपल्लो र तल्लोले मिलेन भन्छिन |
मनकी मेरीलाई खै छानिनन आज ||

खै कस्तो हो यो समाजको परम्परा |
मेरै घरमा पस्नलाई तानिनन आज ||

आमाको कोमल हिर्दय हुन्छ भन्छन |
छोरोलाई विश्वास पात्र ठानिनन आज|| 

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु 
069- १२- ०२ गते

0 comments:

Post a Comment