Wednesday, March 13, 2013

गजल बाटै भन्छु म तिम्ले बुझे हुने |

गजल बाटै भन्छु म तिम्ले बुझे हुने |
प्रेमको जग खन्छु म तिम्ले बुझे हुने |

हरेक दिन तिमिसंग भएका कुराजति |
एक एक गरि गन्छु म तिम्ले बुझे हुने ||

तिम्रो मेरो विचार धेरै मिल्छ हेर सानु |
प्रेमको पुजारी बन्छु म तिम्ले बुझे हुने ||

केहि कुरा मायाको बुझिसके जस्तो छ |
तिम्रो प्रेम निफंन्छु म तिम्ले बुझे हुने ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु

0 comments:

Post a Comment