Friday, March 15, 2013

उसले भन्छे तैले परेर लेख्छस ||


उसले भन्छे तैले परेर लेख्छस |
चोखो माया प्रेम गरेर लेख्छस ||

खाली जिस्काउछे मोरीले मलाई |
भन्छे सात समुन्द्र तरेर लेख्छस ||

येस्को उसको माया छुटेको हेर्दै  |
मधुर शब्द बासना छरेर लेख्छस ||

मन मेरो नि छ पग्लिन्छ कहिले |
साचै आफै  घरि जलेर लेख्छस  ||

माया गर्छे उसले मलाई त्यसैले |
भन्छे फेरी आफै  मरेर लेख्छस ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९- १२- ०२ गते राती ११ बजे

0 comments:

Post a Comment