Tuesday, March 19, 2013

प्रमाण छैन ||

म संग
सिनेमाको नायकले देखाउने
बीरता छैन
हनुमान ले जस्तो छाती चिरेर देखाउने
सामर्थ्य छैन
तिमीलाई म कुन प्रमाण देउ
मायाको
त्यसैले म केहि बुझ्नै सकेको छैन
कुन अवस्थामा आएर तिमीलाई
माया गरेछु

भन्ने सामर्थ्य पनि छैन
बस चाहन्छु अतिनै
सरिरका हरेक कण कणले तिम्रै
नाम जप्छ
थाहा छैन तिमीलाई कुन प्रमाण चाहिन्छ
अनि मात्र मलाई स्विकार्छौ
त्यहि प्रमाण खोज्दै छु म
हरेक रात हरेक बिहान
पल प्रत्यक पल त्यसैको खोजीमा छु
मलाई विश्वास पनि छ
तिमीले माया गर्छौ विश्वास गर्छौ
तर किन स्विकार्दिनौ
तिमीलाई यो प्रस्न मेरो ??
एक दिन स्विकार्छौ मलाई
अवस्य ..........
अवस्य .........
अवस्य ............

0 comments:

Post a Comment