Tuesday, March 19, 2013

हरेक भोकमा शोक हुन्छ भन्छन ||

हरेक भोकमा शोक हुन्छ भन्छन |
थकित तनमा भोक हुन्छ भन्छन ||

सधै ठग्ने मान्छे  हरुको पनमा  |
कालो मसीको तोक हुन्छ भन्छन ||

पाउने एक हो हजार नजर लगाउछ |
झुठो प्रेम गर्न रोक हुन्छ भन्छन ||

जे कुराको नि सिमा हुन्छ भन्छन |
धेरै किन्दा जैलेनी थोक हुन्छ भन्छन ||

असारको मेलामा रोप्ने काम हुन्छ |
हिलो मिलाउने खोक हुन्छ भन्छन ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-०६ गते

0 comments:

Post a Comment