Wednesday, March 20, 2013

आफ्नो मनलाइ आफै संग ढाट्न नमिल्ने ||

आफ्नो मनलाइ आफै संग ढाट्न नमिल्ने |
दुखेको मनलाई घरि घरि  काट्न नमिल्ने ||

जे जति पिडा दिन्छौ सहनै पर्छ मैले हेर |
चस्केको मनलाई अर्कै संग साट्न नमिल्ने ||

आज सम्म दबाएर राखे आफ्नै मनलाई |
मायामा राम्रो नराम्रो सधै छाट्न नमिल्ने ||

चाहन्छु चाहन्थे देखे देखि तिम्लाई नै |
जबर जस्ती कोदो जस्तै झाट्न नमिल्ने ||

एउटा मन छ जन्म जन्म दिन्छु तिम्लाई |
मिठो यो मेरो प्रेमको मुना बाट्न नमिल्ने ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२- ०७ गते साँझ 


0 comments:

Post a Comment