Wednesday, March 20, 2013

तिम्रो हात समाउने हजार होलान बजारमा ||

तिम्रो हात समाउने हजार होलान बजारमा |
तिमि संग रमाउने हजार होलान बजारमा ||

माया गर्छु भन्दै जिबन चलाउँदै हिड्नेहरु  |
तिम्रै नाममा कमाउने हजार होलान बजारमा ||

धेरै थोरै घटी अनि बडी मोल चल्छ बजारमा ||
प्रित पुञ्ज जमाउने हजार होलान बजारमा ||

हजार मान्छे भएर हुन्न चोखो प्रित चिन्नु पर्छ |
हल्ला मात्र चलाउने हजार होलान बजारमा ||

पानी पर्छ असारमा खेतबारी पानी पानी हुन्छ |
आफ्नै बारी छमाउने हजार होलान बजारमा ||

मक्ता
सरिता ज्ञवाली 
शेर
कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
069- 12-०८ गते 

0 comments:

Post a Comment