Friday, March 22, 2013

आजभोली हो गीत गजल मन पर्छ ||

आजभोली हो गीत गजल मन पर्छ |
जिन्दगीको नमिठो पजल मन पर्छ ||

अबिश्वासको जकडिएको समाजमा |
तिम्रो त्यो बानी चन्चल मन पर्छ  ||

ख्याल ठट्टा गर्दा गर्दै मोड आयो |
तिमीनै मलाई पल हरपल मन पर्छ ||

न चाहदा नचाहदै जोडिएको डोरी यो |
साथ पाउदाको त्यो तलतल मन पर्छ ||

प्रकृतिले सजिएको मिठो देश मेरो |
सुन्दर झरनाको कलकल मन पर्छ ||

कमल पौडेल "कल्पित शखा"
कपिबस्तु
069-12-09 ..3pm

0 comments:

Post a Comment