Friday, April 5, 2013

निर्मोहिको स्टाटस देख्न मन छैन आज ||

निर्मोहिको स्टाटस देख्न मन छैन आज |
कमेन्ट आउदैन खै लेख्न मन छैन आज ||

सधै तिम्रै हो भनेर टार्दैछे  माया होइन |
नक्कली त्यो अग्लिलाई भेट्न मन छैन || 

थाहा छ आज भोलि चोखो माया हुन्न |
त्यसैले प्रेमको खुड्किलो टेक्न मन छैन || 

भर्खर मात्रै उ मायाको भिख माग्दै थियो |
प्रेम भन्दै पापिनीको बाटो छेक्न मन छैन ||

जताभाबी गर्दिन मैले  मायाको नाममा |
एस्लाई उस्लाई गुलाफ फ़ेक्न मन छैन ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२३ गते राती ११.४५ बजे

0 comments:

Post a Comment