साचै आजभोली इमान छैन रे |
त्यो भक्तिवाला भगवान छैन रे ||
टि.भी. मा देखिने शक्तिशाली |
पुरानो त्यो शक्तिमान छैन रे ||
अत्याचार बढेको छ अतीनै |
दुख दर्द बिना इन्सान छैन रे ||
आफ्नै देसमा रोजगार खैत |
घर घरको त्यो सन्तान छैन रे ||
मर्दैछन मान्छे समबेदना छैन |
लौन पोल्नलाई चिहान छैन रे ||
कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-२४ गते साँझ
0 comments:
Post a Comment