Friday, April 5, 2013

कस्तो रिसाएकी एकपटक हेरिदेउन सानु ||

कस्तो रिसाएकी एकपटक हेरिदेउन सानु |
सम्झाउदै छु फेरी भएन यो टेरिदेउन सानु ||

सधै बढ्छ महंगी तर बढ्दैन मेरो तलब |
पुरानो यो दौर्रा लौ फाटेच फ़ेरिदेउन सानु ||

मौका पाए छोड्दैनन बाण प्रहार गर्नलाई |
लौ हेर बैरीले दुत पठाएछ घेरिदेउन सानु ||

आत्मियेता छोडी गयेउ तलतलमा पारी  |
तड्पदै छु फेरी अंगालोमा बेरिदेउन सानु ||

बबुरो हुँ टुसाउदा गल्ति भएछ फेरी लौन |
काफिया रदिफ मिलेन खै केरिदेउन सानु ||

कमल पौडेल कल्पित शखा
कपिलबस्तु
०६९-१२-२३ गते राती १० बजे

0 comments:

Post a Comment