Friday, April 12, 2013

उसलाई आखा लाउने हजार छन् ||

ठुला महल भाको शहर हजार छन् | 
डङ्गुरझैं छ्या यहाँका बजार छन् ||

हरेक दिन लंगडो बन्दैछन मान्छे |
बैमनस्य ठगि स्वर्थिमा दरार छन् ||

जाग्नु पर्ने बेला छ अब यो देशमा |
मार्दै मान्छे यहाँ डाँकु फरार छन् ||

बेरोजगारी बढेको छ पाइदैन स्थाई  |
पाको सबै खोस्ने खाले करार छन् ||

जति भन्छ शेर बाटै खेदो खन्छ उ |
मौन बन्छ तर शब्दमा प्रहार छन् ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-३० गते








0 comments:

Post a Comment