Friday, April 12, 2013

म कस्तो छु थाहा छैन ?

म कस्तो छु थाहा छैन ?
तर !
अरुको मुल्यांकन गर्छु |
फलानो ढिस्कानो
लाम्चो होंचो
तर
जान्दिन आफ्नो कद |
भन्दिन आफ्नो कमजोरी

गर्दिन मुल्यांकन आफ्नो
यो मेरो हठ भनौ वा
घमण्ड

तर
जान्दिन आफुलाई
बुझ्दिन
आफै भित्रको इशलाइ |
म घमण्डी
म लाचारी
म निकम्मा
कमिना पनि मै ||

तर खै कहाँ छ मेरो प्रमाण
कसरि जाग्छ मेरो पहिचान
जो मरिसकेको भान हुन्छ
मलाई
हरेक पल मनले कुस्ती खेल्छ |

म आफै
त्यो मन संग हार्न पुग्छु
जित्न सक्दिन
मेरो कमजोरी
मेरो लाचारी
मन संग पराजित हुनु
पल प्रत्यक पल
निः शब्द रहेर
टुलुटुलु
मनको जितलाई स्विकार्नु


कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-३१ गते

0 comments:

Post a Comment