कनि कुथी गासेको सम्बन्ध टुटाउन मन छैन |
उसलाई जबर्जस्ति गरेर प्रित छुटाउन मन छैन ||
अरुलाई अर्ति उपदेस दिनु निकै रमाइलो हुन्छ |
आफ्नै मुहार हेर्ने त्यो अईना फुटाउन मन छैन ||
आजभोली हरेक गल्लिमा राष्ट्रकै कुरा हुन्छ है |
विद्रोहका झंजाबातलाइ फेरी जुटाउन मन छैन ||
जति कुट्नु कुटे लुटे सोझा साझा जनतालाई |
त्यहि लाचार निहथ्थालाई कुटाउन मन छैन ||
६९ को पाठ मेरो आत्मियेता सद्भाव र खुसि नै |
बिकिर्तिको जालमा संस्कार लुटाउन मन छैन ||
कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०६९-१२-३१ गते ११.३० बजे राती
0 comments:
Post a Comment