Wednesday, April 17, 2013

! स्रग्विणी ! छन्दमा कविता "लौ नयाँ बर्षमा"

आज धन्यै भएँ प्रेम सद्भावमा
प्रेममै मस्त भै मुक्तिको भावमा
सुन्न जो पाइयो काव्यधारा सही
वक्ष यो उफ्रियो भावगङ्गा बही

लौ नयाँ बर्षमा पाएँ यो दिव्यता
शुद्ध भो आँत नै पालुवा मासमा
स्वर्ग सौन्दर्य यो धर्तिमै पाइयो
साथ जोे सिद्धको काखमै पाइयो




मोहनीमन्त्रझैँ शक्ति काव्यभरी
काव्यको मोहमा फस्छु है बेस्सरी
सुन्न पाऊँ सधैँ मुक्तिको तिर्सना
पढ्न पाऊँ अझै छन्दका सिर्जना


छन्द हो बासना आत्म सुध्याउने
मन्द भै पस्छ औ आत्म फुल्याउने
लौ मनै पग्लिने भावधारा झरी
छन्दले दिन्छ है थप्पडी बेस्करी

नब बर्ष को आगमन संगै गुरु नरेन्द्र परासर जी को स्वर्गमा के छ र को प्रभावमा परि लेखिएको कविता गुरुकै संसोधन सहित काव्यधारा सुन्दा फुरेको मेरो कविता ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-०१ गते साँझ

0 comments:

Post a Comment