म सुन्य थिए हजार बनायौ किन |
मुरी पाथी माया खन्यायौ किन ||
आज अर्कैसंग जानु थियो त मेरो
हात समाई दुनिया हसायौ किन ||
मायाले मुटु दुखाउछ भन्दै थिए |
अंगालोमा बेरिकन फ़सायौ किन ||
सोझो देखेउ मलाई त्यसैले अनि |
दुत लगाई षड्यन्त्र रचायौ किन ||
बाचा खाई यो माया मेरै हो भनि |
उत्कर्षमा पुर्याएर खसायौ किन ||
कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-१० गते १०.३० बजे
0 comments:
Post a Comment