Tuesday, April 23, 2013

ठुलै गोलि ठोक्ने प्रयत्न गर्दैछ उ आजभोली ||

ठुलै गोलि ठोक्ने प्रयत्न गर्दैछ उ आजभोली |
अमृत हटाइ बिष प्याला भर्दैछ आजभोली ||

मेरो अगि चोखो बन्न खोज्दैछ बहानाले |
त्यो प्रतिको माया मेरो मर्दैछ आजभोली ||

सबै नालीबेली थाहा छ क देखि ज्ञ सम्म |
नाता जोड्न सात समुन्द्र तर्दैछ आजभोली ||

अस्तीत्वो गुमेको छ तेरो छैन बचेको केहि |
हो त्यसैले यो सम्बन्ध टर्दैछ आजभोली ||

आ-आफ्नो फाइदा लिन चुसेको थाहा छैन |
मेरै अगि उ इज्जतमाथि चर्दैछ आजभोली ||

जति कोसिस गरेनी सत्य लुक्दैन बुझ हे !
शखा गलत भन्दै झ्याली छर्दैछ आजभोली ||


कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-११ गते राती १२ बजे


0 comments:

Post a Comment