Monday, April 22, 2013

कविता ...तिमि अमुर्त प्रणय हौ ||

1. तिमि अविछिन्न छौ
अविरल इन्द्रावती झैं
तिमि स्वर्ण चम्पा हौ
मणि माणिक्य झैँ |

2. म तिमीलाई हरेक क्षण
हेरी रहन्छु तिम्रो मन
अनि पग्लिन्छ मेरो तन
तिमि पुर्णिमाको अमृत हौ |

3. तिम्रो आवाज त्यो दिब्य भाब
प्रकृतिको आफ्नै प्रभाब
जसमा तिमि खुलेकी
निस्फिक्री स्वतः स्फुर्त
तिमि प्रकृतिकी छटा हौ |

4. अनगिन्ति भंवर हरु छन्
तिम्रो सुगन्ध ओरिपरि
तिमि आफ्नै भावमा छौ
तिमि अटल सुगन्ध हौ |

5. अनेकौं अनेक झ्न्जाबात
लौकिक संसारमा
तिमीलाई म अलौकिक दिब्य मान्छु
तिमि अविरल भाब हौ
मेरो शब्द शब्दमा अविरल बगिरहने |

6. तिमि स्वच्छ पानी हौ अमृत बनेर बग्ने
आफै स्वतन्त्र भएर आफ्नै तरंगमा
तिमीलाई पुज्ने छन् हरेक यज्ञमा
तिमि गंगाजल हौ
तिमि अमृत हौ अमृत कुञ्ज को

7. म तिमीलाई हरेक पल
पारी क्षितिजबाट नीयालेको हुन्छु
मन्द मुस्कान छर्दै गइदिन्छौ
हो त्यहि बेला म बालक भैदिन्छु
तिमि प्रेम हौ प्रेम बाटिकाको
तिमि अमुर्त प्रणय हौ |

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-१० गते बिहान

0 comments:

Post a Comment