Thursday, April 18, 2013

उसकै यादमा रातभर खैके बरबरायो रे ||

उसकै यादमा रातभर खैके बरबरायो रे |
भन्छ फेरी आँखा छिनमै फरफरायो रे ||

जान्दै थियो मायाको बाटो कठिन हुन्छ |
मायाका ति झंजाबातामा लरखरायो रे ||

उ खोज्दै छे गरे पैसा वाला संगी साथि |
निः स्वार्थ प्रेममा लौ त्यो डगमगायो रे ||

सोझै भएर होला लात हानेको त्यसैले |
उसलाई छोडी अर्कै संग मगमगायो रे ||

घाउ ठुलै रैछ नदेखिने भित्रि चोट होला |
भन्छ मरे लौ बचाउ आम़ा चरचरायो रे ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-०५ गते


0 comments:

Post a Comment