Thursday, April 18, 2013

उसले बुझिन बेकार जिन्दगि ||

उसले बुझिन बेकार जिन्दगि | 
खै कस्तो भो दरार जिन्दगि ||

हरेक पल सम्झौता खोज्दै छ |
प्रेम मै लिप्त भो यार जिन्दगि ||

म एक्लै थिए किन बोलायेउ |
कस्तो अचम्म करार जिन्दगि ||

खुट्टा ताने वा बुझिन उसले |
गोलि खादै छु फरार जिन्दगि ||

बाँच्ने अर्थ देखिदैन के भो खै |
जित मेरै तर भो हार जिन्दगि ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-०५ गते

0 comments:

Post a Comment