Friday, April 19, 2013

एक एक गरि सपना टुटदैछ आजभोली ||

एक एक गरि सपना टुटदैछ आजभोली |
सम्बन्ध को रह लौ फुटदैछ आजभोली ||

द्वन्द चल्दै गर्दा मायाको बिचारमा लौ |
लत्याउने बहानानि जुटदैछ आजभोली ||

भन्नु गर्नु र भोग्नुमा धेरै फरक हुन्छ |
प्रित लात हानेर मन लुटदैछ आजभोली ||

उस्ले हात उठाउदैन लात देखाउदैन तर |
पल प्रत्यक पल ऐया कुटदैछ आजभोली ||

उसको नजरमा म नराम्रो भएर होकी ? |
प्रेम डोरी "शखा" बाटै छुटदैछ आजभोली ||

कमल पौडेल
कपिलबस्तु
०७०-०१-०६ गते









0 comments:

Post a Comment