Friday, April 19, 2013

मलाई त उसले गलाएर गइ ||

मलाई त उसले गलाएर गइ |
चितामा त्यसै जलाएर गइ ||

मेरो निमोठी र कुल्ची अनि |
आफ्नो फलनि फलाएर गइ ||

अनेक अर्थि मान्छे छन् यहाँ |
आफ्नो स्वार्थ समाएर गइ ||

जिद्दी अनि घमण्डले हुदैन नी |
मायालाई मेरो घोंक्राएर गइ ||

गल्ति अर्कैले गरेको हो तर |
लौन शखालाई  फसायर गइ ||


कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-०६ गते साँझ 



0 comments:

Post a Comment