Sunday, April 21, 2013

लौ थाहै भएन उत रबि भएछ ||

लौ थाहै भएन उत रबि भएछ |
अहिलेको चलेको कबि भएछ ||

अस्ति भर्खर सामान्य थियो |
सबैको मन छुने छवी भएछ ||

पहिले सिर्जना चोर्ने गर्दथ्यो |
आजकल त लेख्ने हबी भएछ ||

अमृत बर्षाउने पुर्निमामा झैँ |
उ त आकाश को पबी भएछ ||

अचेल म संग बोल्दै बोल्दैन |
माथी पुगेसी मतलवी भएछ ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-०९ गते बिहान

0 comments:

Post a Comment