Tuesday, April 23, 2013

अस्त्वित्वो जलेर जान्छ ||

१ . तिमि के गर्दैछौ थाहा छैन मलाई
प्रकृतिलाई प्रहार
मनलाई चोट प्रेमलाई आघात 
मुनालाई कुल्चदै |

२ . स्वार्थमा लतपतिएर
स्वर्ण भबिस्य खोज्दैछौ
तिम्रो विगतले तिमीलाई
स्वर्ण भबिस्य दिन सक्दैन
हो तिमि हास्न सक्दिनौ |


३ . अनेक अर्थि संसारमा
आफ्नै अर्थ पहिल्याउन सकेकी छैनौ
विसंगत मान्छे बित्रिस्ना जगतको
संगत खोज्न सकेकी छैनौ
आफ्नै जगतको |

४ . मन स्थिर छैन र खैलाबैला हुदैछ
त्यो इश लाचार छ तिमि भित्रको
तिम्रै लज्जित ब्यबहारले गर्दा
हृदयको आवाज सुन्दिनौ 
मनलाई चैन हुदैन |

५ . त्यसैले हरेक सत्य मिथ्या लाग्छ
आफै भित्रको इश मरेर जान्छ
तिमि काबुमा रहन सक्दिनौ
अस्त्वित्वो जलेर जान्छ |

६ . त्यतिखेर तिमि लड्नेछौ
आफैलाई आफ्नै दार्हाले टोक्नेछौ
मुक भई बोल्न सक्ने छैनौ
र भन्ने छौ आफैलाई
लैजा इश मलाई बाच्ने मन छैन |

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-११ गते बिहान

0 comments:

Post a Comment