Sunday, April 28, 2013

इच्छा थिएन बाध्यताले टाढा बनाउदैछ आज ||

इच्छा थिएन बाध्यताले टाढा बनाउदैछ आज | 
छुट्ने बेला सम्बन्ध गाढा जनाउदैछ आज ||

हासों ठट्टा लड्दै खेल्दै संगै बसेका पलहरु |
मुस्कानहरु एकएक गरिकन हराउदैछ आज || 

नजिक हुदा माया प्रेम देखिदैन भन्छन भन्न |
पिटी मनले मेरै मनलाई लौन रुवाउदैछ आज ||

बबुरो हुँ कहीं कतै गल्ति भए माफी चाहन्छु ||
याद्हरुले पल प्रत्यक पल समाउदैछ आज ||

साथ् अनि सहयोगको लागि धन्यवाद छ है |
परिस्थितिले बिछोडिनुपर्ने गराउदैछ आज ||

कमल पौडेल "कल्पित शखा"
कपिलबस्तु
०७०-०१-१५ गते साँझ

0 comments:

Post a Comment