Saturday, May 4, 2013

कविता "म टाढा हुदैछु"

१ .
म मा थेग्ने सामर्थ्य छैन |
त्यसैले भाग्दैछु
तिमि नजिक हुदा
त्यो आकर्संले रहन दियन
दिन प्रतिदिन गल्दै थिएँ |

२ .
म के गर्दैछु
म के बन्दैछु
मलाई थाहा छैन
म पागल
म चोर
म फटाहा
मै आवारा
मै सिल्ली

म गरिब
मै सुकुल गुन्डा
त्यसैले तिम्रो मनमा मेरो स्थान छैन |

३ .
तिमि आफ्ना आवस्यकताहरु
ममा पाउदिनौ
सायद हुन सक्छ
विकल्प पनि दिदिनौ
तिमीलाई थाहा छैन
म छट पटि दै छु |

४ .
पल प्रत्यक पल भासिदै छु
यो अमुर्त जिबनमा
तिमीलाई सम्झदै
तिमीलाई हेर्दै
झल्झल्ती आखामा |

५ .
तिम्रो अनुरोध म तिमीलाई भुलूं
प्रयास मेरो निरन्तर छ
तर सक्दिन
तिम्रो खुसि यसमै छ
तिर्ष्ना बढ्दैछ तिम्रो
म टाढा हुदैछु
तिमीलाई सम्झदै
बस टाढा हुदै छु |

६ .
प्रेम कस्तो आसक्ति
कस्तो आकर्सन
भाग्दा भाग्दै फसेछु
बुझ्न सकिन आफैलाई
थाम्न सकिन मनलाई
जान्दा जान्दै फसेछु
सम्हालिदिने कोहि छैन |

७ .
मेरो विश्वास मर्दैछ
म बच्नुको कुनै अर्थ देख्दिन
न हटाउन सक्छु त्यो द्रिस्य
न देह त्याग्न सक्छु |

८ .
छ्टपटिदै हल्लिदै भाग्दै
तिमीलाई खुसि बनाउने
प्रयत्नमा रहन्छ यो मन
आकाश पाताल स्वर्ग
आदि देखि अन्त्य सम्म
तिमीलाई सम्झदै
टाढा हुदैछु | 

शखा शर्मा
कपिलबस्तु
हाल भारत लखनऊ
०४-०५-२०१३

0 comments:

Post a Comment